माघेसंक्रान्ति हिन्दूहरूका लागि महत्त्वपूर्ण चाड हो । यस पर्वको आफ्नो अलग्गै धार्मिक महत्त्व छ । यस दिन नदीमा गएर नुहाउने, पूजा पाठ गर्ने र दान गर्ने परम्परा हिन्दू धर्ममा रहीआएको छ । यस पर्वका दिन गरिने दान सर्वश्रेष्ठ दान मानिन्छ ।

हिन्दूहरूको विश्वास अनुसार माघे संक्रान्तिका दिन गरिने दानले जीवनमा आइपर्ने संकटहरू टाढा हुन्छन् । दान गर्नाले जीवनमा खुसी, समृद्धि आउने गर्छ भने रोगबाट मुक्ति मिल्छ ।

मकर संक्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश गर्ने र आफ्नो पुत्र शनिको घर आउने विश्वास छ । यस्तो खगोलीय राशि परिवर्तनको ज्योतिष शास्त्रमा ठूलो महत्त्व हुने गर्छ ।

जुन व्यक्तिको राशिमा शनि रिसाएको हुन्छ त्यस्तो व्यक्तिले दान गर्नाले पुण्य प्राप्त हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय