३ जेठ, २०५०
समय अपराह्न साढे पाँच बजे।

सिमसिम पानी परिरहेको थियो। बा अ च ८७२३ नम्बरको जिप पृथ्वी राजमार्गमा हुँइकिरहेको थियो। नेकपा एमाले कास्की जिल्ला अधिवेशन सकेर भरतपुरतिर लागिरहेका थिए महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज ‘आश्रित’। चितवनको दासढुंगा भन्ने स्थानमा पुग्दा जीप असन्तुलित भयो र तल त्रिशुली नदीमा खस्यो। चालक अमर लामा जिउँदै भए। बाँकी दुई जना नदीमा बेपत्ता। पछि दुवैको लाश भेटियो। २१ वर्ष भयो यो घटना भएको तर अहँ, अझैसम्म यसको रहस्य खुल्न सकेको छैन। एक मात्र साक्षी अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिएपछि यो रहस्य सँधैका लागि रहस्यमा नै रहने भएको छ।

माधव नेपाल कुपन्डोलको डेरामा थिए। (हजुर, डेरामा। त्यतिबेला अहिलेको जस्तो शानदार घर थिएन उनको) लेखनाथ कोइरालाले फोनमा ‘मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा पर्‍यो, जीवित हुने सम्भावना छैन’ भन्ने समाचार सुनाए। सुन्ने बित्तिकै केन्द्रीय कार्यालय बागबजारतिर लागे उनी (हजुर, त्यतिबेला बल्खु दरबार बनिसकेको थिएन। केन्द्रीय कार्यालय बागबजारमा थियो) वामदेव गौतमसहित पार्टीका साथीहरुसँग उनी दासढुंगातिर लागे गाडी लिएर। उनीहरु पुग्दा रातको ११ बजेको थियो। मान्छेको ठूलो भीड सास रोकिएको अवस्थामा थियो। गाडी भोलिपल्ट भेटियो, जीवराजको लास गाडीमै थियो। मदनको भने कुनै पत्तो थिएन। तीन दिनपछि गुन्जनगरमा लास भेटियो।

लगत्तै ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भन्ने नाराका साथ पार्टी देशव्यापी आन्दोलनमा गयो। जनधनको क्षति भयो, ठूलो दबाब दिइयो। तर, कांग्रेसको सरकारले सुनुवाइ गरेन।

सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए। निकै महिनापछि बल्ल एउटा न्यायिक छानबिन आयोग गठन गर्न सरकार सहमत भयो। तर अनिल आयोगको प्रतिवेदन स्वीकारेन एमालेले। जनस्तरबाट गठन गरिएको भनिएको पद्यरत्‍न तुलाधरको आयोगले दासढुंगा कान्डलाई षड्यन्त्र नै ठहर गर्‍यो। पार्टीको तर्फबाट गठन गरिएको केपी ओली आयोगको प्रतिवेदनले पनि त्यस्तै भन्छ। अर्को एउटा आयोग पनि गठन भएको थियो राणा आयोग।

त्यतिबेलाका पत्रपत्रिका कतिले पढेर याद गर्नुभएको छ कुन्नि ? यो घटनामा सीआईएसम्मको हात भएको आशंका गरियो। तर रहस्य खुलेन। एमाले मध्यावधि चुनावपछि नौ महिनासम्म सरकारमा पनि बस्यो। तर यो घटनाको छानबिनतिर सिन्को भाँचेन। रहस्य खुल्न सकेन।

अब त यो घटना धेरै पुरानो भयो। आज केही औपचारिक कार्यक्रममा फूलमाला चढाउने फूर्सद पनि होला कि नहोला कुन्नि नेताहरुलाई। ‘दासढुंगा हत्याकाण्डको छानबिन गर’ भनेर नारा लगाउने एमालेका कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई किन अहिलेसम्म छानबिन नगरेको भनेर सोध्ने हिम्मत छैन। सेतो सारी लगाएर दुई पटक चुनाव जितेकी मदनपत्‍नी विद्या भण्डारीले पनि पतिको ‘हत्यारा’ खोज्न दबाब दिन सकिनन्। त्यसैले यो रहस्य कहिले नखुल्ने भयो।

घटनाका एक मात्र जीवित साक्षी चालक अमर लामाको २०६० साउनमा कीर्तिपुरमा गोली हानी हत्या भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah