काभ्रेपलाञ्चोक/ बनेपा नगरपालिका-९ मगर गाँउस्थित जंगलभित्रको चौरमा तास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका-३ बस्ने ३७ वर्षीय कृष्ण कुमार तामाङ लगायत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाबाट गस्तीमा खटिएको प्रहरीले नगद १ लाख ६२ हजार २० रुपैयाँ, ११ वटा मोटरसाइकल, ४ वटा स्कुटर, १ वटा कार र तास ११ बुक सहित उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।