
वि.सं. २०७६ माघ ३, शुक्रबार, इ.स. २०२० जनवरी १७, शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० पोहेलागा, माघ कृष्णपक्ष, सप्तमी, ११:०९ उप्रान्त अष्टमी, नक्षत्र– चित्रा, २८:४८ बजेउप्रान्त स्वाती,योग– सुकर्मा, १८:५७ बजेउप्रान्त धृति, करण– वव, ११:०९ बजेदेखि वालव, २२:०२ बजेउप्रान्त कौलव, आनन्दादिमा मुसल योग, चन्द्रराशि– कन्या, १७:३४ बजेउप्रान्त तुला,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:३० बजे र दिनमान २६ घडी १ पला। व्रत/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,आत्म–विश्वास बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,जिम्मेवारी भने बढिरहनेछन्, बाध्यतापूर्ण काममै समय बित्न सक्छ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,अरूको भर पर्दा धोका हुन सक्छ,भौतिक साधन जोड्ने समय छ,आजको शुभ अंक १० रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ, परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ,आजको शुभ अंक २ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,प्रतिस्पर्धी परास्त होलान्, सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ,काममा लगानी बढाउने समय छ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
कीर्तिमानी काम गर्ने समय छ,गोपनीयतामा ध्यान पुर्याउनुहोला,समस्या थपिन सक्छन्, सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ, पठन–पाठनमा प्रगति हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,आजको शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ,साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ,अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ,आजको शुभ अंक १ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ,आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ,आजको शुभ अंक ४ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ,सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,गरेका कामबाट प्रशस्त लाभ हुनेछ,छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला, पाइएला, व्यावसायिक काममा खर्च बढ्नेछ,काम पूरा नहुनाले खिन्नता बढ्ला,लगानी,नयाँ सवारी साधन प्राप्तिको योग छ,आजको शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला,गइसकेको धन फिर्ता हुन सक्छ,आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,मुद्दा–मामिलामा विजयी भइनेछ, विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ। दिब्य ज्योतिष बाट साभार