नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दल नेपाली काँग्रेससँग तालमेल भएका स्थानमा इमान्दारीका साथ समझदारी कार्यान्वयन गर्न पार्टी नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई निर्देशन दिएको छ ।

सहमति तथा सहकार्यको संस्कारलाई अगाडि बढाउन पनि सहमति र सहकार्य अगाडि बढाउनु जरुरी छ भन्दै माओवादी केन्द्रले इमान्दारीताका साथ पार्टी केन्द्रको निर्देशन र स्थानीय आवश्यकतालाई विशेष ख्याल गर्नसमेत आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले पार्टी केन्द्रीय कार्यालयले स्थानीय आवश्यकताका आधारमा जुनसुकै शक्तिसँग पनि तालमेल गर्ने अधिकार दिए पनि सरकारमा सँगै रहेका दलसँगको सहकार्य नै बढी जिम्मेवार हुने बताउनुभयो ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा अगाडि बढेको तालमेलको प्रक्रिया दोस्रो चरणमा समेत निरन्तर रहने छ भन्दै प्रवक्ता भुसालले कुनै पनि कार्यकर्ता र समर्थकलाई सानो चित्त नगर्न आग्रह गर्नुभयो । उहाँले धादिङ, दोलखा, म्याग्दी, मकवानपुरलगायत एक दर्जन जिल्लामा काँग्रेससँग तालमेल भएको जानकारी दिनुभयो ।

नेकपा (एमाले)सँग तनहुँमा तालमेल भई सहमतिका साथ अगाडि बढ्ने निर्णय सोही दलले नै भत्काएको आरोप उहाँले लगाउनुभयो ।

दाहालको उम्मेदवारी स्वाभाविक
प्रवक्ता भुसालले पार्टीका अन्य उम्मेदवार जस्तै अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)का महासचिव रेणु दाहालको उम्मेदवारी स्वाभाविक र नियमित तथा प्राकृतिक भएको बताउनुभयो ।

नेत्री भुसालले भन्नुभयो, “जनयुद्धको समयदेखि नै निरन्तर रुपमा पार्टी आन्दोलनमा लागेका अन्य कार्यकर्ता जस्तै देश र जनताको पक्षमा रेणुजी हुनुहुन्छ । उहाँलाई केवल पार्टी अध्यक्षको छोरीका रुपमा मात्रै चित्रित गर्नु गलत हुन जान्छ । उहाँ हाम्रो पार्टीको महिला सङ्गठनको महासचिव पनि हुनुहुन्छ ।”

काँग्रेससँग भएको तालमेल स्वाभाविक हो भन्दै उहाँले कास्कीमा माओवादीले काँग्रेसका उम्मेदवार र भरतपुरमा काँग्रेसले माओवादी उम्ेमदवार दाहाललाई मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah