
मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान जारी गरेको छ । महाशाखाले आइतबारको मौसम पूर्वानुमान जारी गर्दै नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कम हुँदै गएको जनाएको छ ।
हाल, देशभरीको मौसममा आंशिक बदली भएको छ । देशको पूर्वी भूभाग, मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । र उपत्यका र तराईका केही स्थानहरमा हुस्सु र कुहिरो लागेको छ ।
आज दिउँसो भने देशको पूर्वी भूभाग, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।
यसैगरी, राति देशको पूर्वी भूभाग लगायत मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली भई बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेकछ र पूर्वी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरिएको छ ।