काठमाडाैं/अनौठो आकृतिको सेताम्मे भीर । जसको सेतो धुलो चाख्दा नुनको स्वाद आउँछ ।

स्थानीय चौरी गोठाला दिनहुँ त्यहाँ पुगेर नुन चाख्छन् र पाइने सेतो धूलो प्रसादका रूपमा घर लान्छन् ।

जुगल गाउँपालिका ३ तेम्बाथान गाउँको जंगली भीरको भित्ताभरी स्वाद चाखेपछि त्यहाँका गोठालाले नामै ‘नुनिलो भीर’ राखेका छन् ।

भीरको तल्लो ढिस्को कडा छ । माथिल्लो भागबाट पानी झरिरहन्छ । प्राकृतिक नुन खुवाउन चौरी गोडाला भीरमै पुग्छन् ।

‘तेम्बाथानका गाउँले नुन चाहिए त्यहीं खोतलेर ल्याउँछन्,’ स्थानीय साइला शेर्पा भन्छन्,‘भीरमा पक्कै यो नुनको खानी हुनुपर्छ ।’

नुनको स्वाद पाइएकाले सेताम्मे रङको भीरलाई नुनिलो भीरि भनेर चिनिने गरिएको उनले सुनाए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय