वि,सं, २०७६ माघ ६, सोमबार, इ,स, २०२० जनवरी २०, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने,सं, ११४० पोहेलागा, माघ कृष्णपक्ष, एकादशी, २७:४२ उप्रान्त द्वादशी, नक्षत्र– अनुराधा, २५:२७ बजेउप्रान्त ज्येष्ठा, योग– गण्ड, १०:३२ बजेउप्रान्त वृद्धि, करण– वव, १६:२३ बजेदेखि वालव, २७:४२ बजेउप्रान्त कौलव, आनन्दादिमा मानस योग, चन्द्रराशि– वृश्चिक,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:३३ बजे र दिनमान २६ घडी ९ पला।व्रत/पर्व- षट्तिला एकादशी व्रत, सायन सूर्य कुम्भ राशिमा १७:२२ बजे प्रवेश।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ,आफूलाई कमजोर भएको अनुभूति हुनेछ,निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आउनेछ,गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ,आजको शुभ अंक २ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्दर पहिरनमा ठाँटिएर बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ,सहयोगीहरूबाटै धोका दौडधुप,श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ, स्वार्थ सिद्ध गर्न धाउनेहरूले सताउन सक्छन्,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ,व्यवसायमा लगानी बढाउनुपर्ला, समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्, जिम्मेवारी भने बढिरहनेछन्,सोचेको लाभ नमिल्न सक्छ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खर्च बढ्नुका साथै आर्थिक अभावले सताउन सक्छ,अरूको सुझावप्रति शंका उब्जने समय छ, महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला, शत्रुहरू बढ्नाले केही समस्या थपिन सक्छन्,आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
तापनि प्रतिष्ठित काम गर्ने मौका छ,अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ,चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ,समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्,आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ, तर्कशक्ति बढ्नेछ भने काममा उत्साहजनक सफलता मिल्ने समय छ,धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ,आजको शुभ अंक १० रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सुखद समाचार सुन्न पाइनेछ,पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,आत्मसम्मानमा केही आघात पुग्न सक्छ, सचेत रहनुहोला, व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,मालमत्ता समेत हराउन सक्छन्,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ, रोकिएका काम बन्नाले उत्साह थपिनेछ,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मेहनतले नाम,दाम र इनाम हातपार्न सकिनेछ,तत्काल ठूलो फाइदा उठाउन नसकिए पनि भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ,अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,नयाँ काममा हात हाल्ने समय छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ, सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ, स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ, स्थायी सम्पत्ति जोड्ने समय छ,आजको शुभ अंक ४ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय