माओवादी केन्द्रका नेता एवं पूर्व मन्त्री हरीबोल गजुरेलका दाई तथा नेकपा क्रान्तिकारी (बैद्य समूह) का नेता सीपी गजुरेलका भाई प्राध्यापक डा.मुकुन्द गजुरेलसहितको समूह नेकपा एमाले मा प्रवेश गरेको छ ।
त्यस्तै पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा मालेका वैकल्पिक पोलिटब्यूरो सदस्य कपिल पोखरेल १ सय २५ सहित नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरुलाई नेकपा एमालेका अध्यक्ष के पी शर्मा ओलीले टिका लगाई पार्टीमा प्रवेश गराउनुभएको हो ।

पार्टी प्रवेश कार्यक्रममा वोल्दै प्रा.डा. गजुरेलले आफू लगायत नेपाली जनता माओवादीले देखाएको सपनाको सारथी भएको तर माओवादीको सिद्धान्तले नेपालको विकास गर्न नसक्ने देखिएकोले त्यस पार्टीमा नरहने निर्णय गरी एमालेमा प्रवेश गरेको बताउनुभयो । माओवादी केन्द्र पतन भईसकेकोले अब नेपालमा नेकपा एमाले राष्ट्रवादी पार्टीको रुपमा अगाडी बढिरहेकोले आम नेपाली जनताले अपेक्षा गरेअनुसारको नेतृत्व दिन सक्नेमा आफू ढुक्क भएको बताउनुभयो ।

यस्तै सोही कार्यक्रममा बोल्दै कपिल पोखरेलले आफू मालेमा रहदा नेकपा एमालेमा समाहित हौ भन्दै आएको र पार्टी नेतृत्वले यस विषयमा ध्यान नदिएकोले एमालेमा प्रवेश गर्ने निधोमा आफू पुगी पार्टीमा आएको बताउनुभयो । नेकपा एमाले पहिचान, राष्ट्रियताको मुद्धामा सधै अडिग रहेकोले पनि आफू लगायत आफ्नो टिम एमालेमा प्रवेश गरेको बताउनुभयो । कार्यक्रममा नवप्रवेशीहरुलाई स्वागत गर्दै नेकपा एमाले पार्टी जनताको पार्टीको भएकोले यसमा रही निरन्तर काम गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah