उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । सोमवार प्रतिनिधि सभाको बैठकको शुरूमै सम्बोधन गर्दै उनले सभामुख निर्वाचनका लागि मार्गप्रशस्त गरेको बताएकी हुन् ।

सम्बोधनका क्रममा उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको अडान अस्वाभाविक महत्त्वाकांक्षाबाट प्रेरित नभएको दाबी गरिन् । ‘मेरो अडानको समयले बस्तुनिष्ठ मूल्यांकन गर्नेछ,’ उनले भनिन् । एउटा महिला, एकल अवस्थामा रहेको, जनजाति पृष्ठभूमिको व्यक्तिलाई उपसभामुख बन्न दिएकोमा धन्यवाद व्यक्त गरिन् । दोस्रो पटक बैठक शुभारम्भ गरेकी तुम्बाहाङ्फेले झण्डै ५ मिनेट भावुक सम्बोधन गरेर प्रतिनिधि सभाको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिन् ।

उनले पत्रकार सम्मेलन गरेर पनि आफूले उपसभामुख पदबाट राजीनामा दिएको जानकारी गराएकी छन् ।

यस्तो छ उनको राजीनामा पत्रको व्यहोरा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय