पूर्वपश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५३०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका चौधरीलाई उपचारका लागि कन्चनरुपस्थित धमेश्वर अस्पतालमा भर्ना गरिएको थियो ।
थप उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण अस्पतालतर्फ ल्याउने क्रममा वडाध्यक्ष चौधरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कंचनपुरका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभएको छ । चाैधरी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएकाे थियाे ।










