शाहरुख खान ठूलो पर्दामा नदेखिएको धेरै भएको छ। यसकारण पनि धेरै फ्यान उनको कमब्याकको प्रतिक्षा गरिरहेका छन्। अझ शाहरुख र काजोल ठूलो पर्दामा एकसाथ नदेखिएको वर्षौं भएको छ। पछिल्लो पटक उनीहरु सन् २०१५ मा रोहित शेट्ठीको ‘दिलवाले’मा देखिएका थिए।

बाजिगर, दिलवाले दुल्हनिया ले जायङ्गे, कुछ कुछ होता है, कभी खुसी कभी गम, दिलवालेमा देखिएको शाहरुख-काजोलको जोडीलाई फेरि दर्शकले एकपटक हेर्न पाउने सम्भावना बढेको छ। यो सुपर हिट जोडीलाई पुनः एकसाथ पर्दामा ल्याउन खोज्दैछन् निर्देशक राजकुमार हिरानीले।

हिरानीले शाहरुख र काजोललाई एकसाथ ठूलो पर्दामा ल्याउने आधिकारिक घोषणा भने गरिसकेका छैनन्। अहिले सबैभन्दा अब्बल बलिउड निर्देशकका रुपमा चिनिएका हिरानीले शाहरुखलाई लिएर छिट्टै नयाँ फिल्मको घोषणा गर्न लागेको बलिउड हंगामाले उल्लेख गरेको छ। स्रोतलाई उल्लेख गर्दै बलिउड हंगामाले यस फिल्ममा हिरानीले शाखरुखको अपोजिटमा काजोल तथा करिनाा कपुरलाई लिन चाहेको जनाएको छ।
फिल्ममा लिनको लागि पछिल्ला दिन हिरानीले काजोल र करिनासँग सम्पर्क पनि बढाएका छन्। हिरानीले ‘थ्रि इडियट्स’मा करिनासँग काम गरिसकेका छन् भने काजोलसँग उनले हालसम्म काम गरेका छैनन्। यसकारण पनि हिरानी करिनाभन्दा काजोललाई फिल्ममा लिन उत्सुक रहेको जनाइएको छ।

जुन फिल्ममा शाहरुख र काजोललाई लिने कुरा भइरहेको छ उक्त फिल्मको कथा परिपक्क प्रेमकथामा आधारित छ। हिरानी र शाहरुख दुबै यस फिल्ममा काजोललाई देख्न चाहेका छन्। यस फिल्मको कथा शाहरुखले नै काजोललाई सुनाएका थिए र कथा सुनेपछि काजोल पनि उत्साही बनेको जनाइएको छ।

हिरानीको फिल्ममा शाहरुख र काजोलको जोडी बन्यो भने यो वर्ष २०२० को सबैभन्दा ठूलो घोषणा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah