#

दमकमा जवरजस्तीकरणी आरोपमा दुई पक्राउ

  सवाल नेपाल   २०७६ माघ ७, मंगलवार १७:१६ मा प्रकासित

दमक/ जवरजस्ती करणीको प्रयास गरेको अभियोगमा झापाको दमकबाट एक जना र बलात्कारको अभियोगमा गौरादहबाट एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो घट्नाका बिषयमा पीडितले हिजो दिएको किटानी जाहेरीका आधारमा आज नियन्त्रणमा लिएर जवरजस्तीकरणी उद्योग अन्तर्गत मुद्धा दर्ता गरिएको डीएसपी पण्डीतले जानकारी दिनु भयो ।

त्यसैगरी गौरादहको स्कूलचौनकी एक किशोरीले पनि जवरजस्तीकरणीको आरोप लगाउँदै मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका व्याक्ति  विरुद्ध जाहेरी दिएकी छिन् ।  दुवै घट्नाका आरोपितलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान शुरु गरिएको डीएसपी पण्डीतले जनाउनु भयो । निष्कर्ष न्यूज बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी