ÿØÿà JFIF  ` ` ÿþ दीपिकाको टिकटकप्रति कंगनाको आपत्ति, भिडियो भने भाइरल - Sawal Nepal

बलिउड नायिका दीपिका पादुकोणले फिल्म छपाकमा गरेको अभिनयका लागि धेरैको वाहवाही पाइन् ।

उनले एसिड आक्रमणमा परकी एक युवतीको वास्तविक घटनाको कथामा गरेको अभिनयका साथै उनको लुक्सका कारण पनि धेरैले उनको तारिफ गरे ।

यसै क्रमममा दीपिकाले एक टिकटक भिडियो सार्वजनिक गरिन्।

उक्त टिकटकमा नायिका कंगना रनावतले आपत्ति जनाउँदै दीपिकाले उक्त भिडियोका लागि माफी माग्नुपर्ने बताएकी छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार दीपिकाले उक्त भिडियोमा आफ्नो मेकअप आर्टिस्टलाई आफू अभिनित विभिन्न फिल्ममा भएको आफ्नो लुक्स बनाउने चुनौती दिएकी छिन्। जुन लुक्समा फिल्म छपाककी पात्र मालतीको लुक्स पनि सामेल छ।

भिडियोमा मेकअप आटिस्टर्ल आफ्नो कलाको माध्यमबाट दीपिकाको विभिन्न लुक्ससहित छपाकमा रहेको लुक पनि बनाउ“छिन्।

कंगनाले बलिउड अनलाइन इडिण टुडेस“गको कुराकानीमा भिडियोप्रति आपत्ति जनाउ“दै दीपिकाले वास्तविक तथा दर्दनाक घटनालाई मजाकमा उडाएको भन्दै उनले माफी माग्नपनु बताएकी र्हेनु ।

‘मेरी बहिनी रंगोली पनि एसिड आक्रमण पीडित हुन्। उनी यो भिडियो हेरेपछि आहत भइन्। उनी जस्तै एसिड आक्रमणमा परेका कयौंलाई यो भिडियोले ठेस पुर्‍याएको छ’, कंगनाले अगाडि भनेकी छिन्– ‘यो कुनै मेकअप लुक्स होइन, साथै कोही पनि मान्छे यस्तो लुक्स हासिल गर्न चाह“दैन। त्यस कारण उनले माफी माग्नुपर्छ। माफी माग्नमा कोही पनि नराम्रो छैन । किनभने गल्ती सबैबाट हुन्छ।’

दीपिकाको यस भिडियोप्रति प्रतिक्रिया जनाउ“दै केही मानिसले यो भिडियोलाई असंवेनशील भनेका छन् । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर