दमक,७ माघ । दमकमा यहि फागुन ७ गते ११गतेसम्म छैठौ दमक फूड फेस्टिवल हुने भएको छ । विगतका बर्ष यसवर्ष पनि दमकमा फूड फेस्टिवल हुने भएको आयोजक होटल व्यवसायी संघ दमकका वरिष्ठ उपाध्यक्ष शुधिर प्रधानले जानकारी दिए । भ्रमण बर्षलाई सघाँउ पुरयाँउन यसवर्ष पनि फेस्टिवललाई निरन्तरता दिईएको उनले बताए ।
फेस्टिवल दमक वसपार्क हातामा सञ्चालन हुने र त्यसका लागि आवश्यक तयारी थालिएको उनले वताए । फेस्टिवल सम्पन्न गर्न प्रधानको संयोजक पाँच सदस्यीय मूल आयोजक समिति र अन्य आधा दर्जन विभिन्न उपसमितिहरु समेत गठन गरिएको जनाईएको छ । फेस्टिवल सम्पन्न गर्न संघले काजी राउतको संयोजकत्वमा प्रचार प्रसार, दिपक फूयलको संयोजकत्वमा सुरक्षा व्यवस्थापन, मदन ढकालको संयोजकत्वमा आर्थिक , गणेश प्रसाद अधिकारीको संयोजकत्वमा स्टल व्यवस्थापन, कुका कुमालको संयोजकत्वमा सत्कार व्यवस्थापन उपसमिति गठन गरि काम थालिएको जनाईएको छ ।










