नेपाल कम्युनिष्ट पार्टीले सभामुखको उम्मेदवार बनाएका अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गर्न निर्देशन दिएको आरोप लागेका सापकोटालाई सभामुख बनाउन लागिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रीपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
फौजदरी अभियोगमा मुछिएको व्यक्ति सभामुखको उमेदवार रहेको भन्दै सभामुख निर्वाचनको सबै प्रक्रिया रोक्ने आदेश पनि माग गरिएको छ । सो रिटको पेशी आइतबार तोकिएको छ ।
सापकोटा सभामुखका एक्ला उमेदवार हुन् ।










