काठमाडौं/ गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे उर्फ राजीव गुरुङविरुद्ध कुटपिटको उजुरी दिने अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङ पनि पक्राउ परेका छन्।

अध्यक्ष गुरुङविरुद्ध पनि कुटपिटको उजुरी परेकाले पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालक रामकृष्ण पौडेलले एन्फा कास्कीका अध्यक्ष गुरुङविरुद्ध कुटपिटको जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो।

पौडेलले सुरुमा अभद्र व्यवहार गरेको र पछि धकलेको र ढुंगाले ताकेको भन्दै अध्यक्ष गुरुङविरुद्ध उजुरी दिएका थिए। सिसीटिभी फुटेजमा समेत उक्त कुरा प्रष्ट देखिएको एसपी कार्कीको भनाइ छ।

मुख्यमन्त्री कपको लागि प्रपोजल लेटरहरुको काम आफूले गरेको र सो विषयमा लेनदेनको विवाद हुँदा आफूमाथि अध्यक्ष गुरुङले कुटपिट गरेको उनको आरोप छ।नेपाललाइभबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय