वि.सं. २०७६ माघ ११, शनिबार,इ.स. २०२० जनवरी २५, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण। शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, प्रतिपदा, २७:२४ उप्रान्त द्वितीया, नक्षत्र– श्रवण, २७:५८ बजेउप्रान्त धनिष्ठा, योग– सिद्धि, २६:०३ बजेउप्रान्त व्यतीपात, करण– किंस्तुघ्न, १४:४२ बजेदेखि वव, २७:२४ बजेउप्रान्त वालव, आनन्दादिमा स्थिर योग,चन्द्रराशि – मकर, सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:३७ बजे र दिनमान २६ घडी ३ पला, सोनमल्होसार (तामाङ ल्होछार) , श्रीबल्लभ जयन्ती, द्विपुष्कर योग २७:५८ बजेपछि।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
वैदेशिक यात्रा तथा कृषिकर्ममा सफलता मिल्नसक्नेछ,अरूको सुझावप्रति शंका उब्जने समय छ,सानै प्रयासले पनि ठूलो काम बन्ला,भेटघाटले प्रसन्नता मिल्नेछ, मनपर्ने वस्त्र,अलंकार आदि लाभ होला, आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खुट्टा तथा आँखा, नाक,कान, घाँटीमा रोग–चोटपटक लाग्ने सम्भावाना छ,समयमा निर्णय गर्न नसकिने र पछि परिने सम्भावना रहेकोछ,शुत्रु बडने छ स्वाथ्यमा संकट आउनेछ, आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
अधुरा कामहरू बन्नेछन्, प्रेमको बन्धन कसिने बेला छ,धर्ममा रुचिहुनेछ, मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ, मनमाउत्साह र हर्षबढने देखिन्छ,आजको शुभ अंक ११ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
स्वाथ्यमा संकट आउनेछ, आफन्तबीच अविश्वास बढ्ला, आफ्नै कमजोरीले हात लागिसकेको काम फुत्कन सक्छ, सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ, समयमा काम पूरा नहुनाले मन खिन्न रहनेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,शत्रु चलखेलको बाबजुतपनि सफलता मिल्ने छ,नयाँ काम गर्ने मौका आउला,धर्ममा रुचिहुनेछ,मानसमान पाउने योग छ र अरुको बिश्वास जितिने छ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बोली र व्यवहारमा पनि सचेत रहनुपर्नेछ, कर्मयोगका थप बाटाहरू खुल्नेछन्,पढाइलेखाइ र व्यवसायमा उन्नति,धनलाभ हुनेछ, प्रतिस्पर्धीलाई उछिन्ने मौका छ,फाइदा हुने काममा लगानी बढाउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,काममा लगानी बढाउने समय छ,आर्थिक कारोबरमा बल नगर्नु राम्रो हुनेछ,प्रेममा खटपट हुनेछ,व्यवसायमा लगानी बढाउनुपर्ला,आजको शुभ अंक १२ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक, सामाजिक तथा परोपकारजन्य क्रियाकलाप सम्पादन हुने समय छ,जिम्मेवारी पनि थपिएला,व्यावसायिक काममा निकैै उन्नति हुनेछ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ, आजको शुभ अंक १ रहेको छ l

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,सहयोगी हरुले धोका दिन सक्नेछन,बोलिमा विचार गर्नु होला,आजको शुभ अंक ८ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मित्र लाभ तथा जनसर्म्पर्क बढ्नेछ,आफन्तबाट धोका हुन सक्छ,मित्रता र प्रेमको बन्धन कसिनेछ,व्यवसाय खस्किएला,खर्च र थकाइ बढ्नेछ,निराश नहुनुहोस्,मन स्थिति अनुकूल बन्नेछ, आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रुमाथि विजयी भइनेछ, आफन्तसँग सम्बन्ध सुधार हुनेछ,कला साहित्य तथा सिर्जनाको क्षेत्रबाट प्रसस्त लाभ प्राप्त होला, दाजुभाइ तथा दिदीबहिनीको सहयोग पाइने छ,सामाजिक कामबाट प्रतिष्ठा मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ,भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ,शत्रु,शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ,आजको शुभ अंक ६ रहेको छ। दिब्य ज्योतिष बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय