काठमाडाैं/ कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल–भारत परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ ।

भारतीय नेतृत्वको विदेश मन्त्रालयमा नयाँ सचिव हर्षवद्र्धन श्रिंलाले जिम्मेवारी लिएसँगै वार्ता हुने जनाउ दिएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको हो ।

मिति भने तय भएको छैन । दुई औपचारिक पत्र र पटक पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यसम्म बैठक बस्ने जानकारी दिएको परराष्ट्र अधिकारीको भनाइ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय