काठमाडौं/ सरकारले सवारी नियम उल्लघंन गरेमा झण्डै ६० प्रकारका जरिवाना लिने भएको छ ।

सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ मा सो व्यवस्था राखिएको छ । मस्यौदाको परिच्छेद–९ को सजायसम्बन्धी व्यवस्था र दफा ८२ मा यातायात निरीक्षक वा प्रहरीले तत्काल सजाय गर्नसक्ने व्यवस्थाअनुसार झण्डै ६० प्रकारको सजायको व्यवस्था गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो विधेयक हाल सरोकारवाला निकायसँग छलफलका क्रममा रहेको छ । सवारी यातायातलाई व्यवस्थित गर्न र दुर्घटना कम गर्न सरकारले यस्तो ब्यवस्था ल्याएको हो ।

सजायअनुसार फुटपाथमा सवारी चलाएमा, ओभरटेक गर्न नहुँने ठाउँमा वा असुरक्षित ठाउँमा ओभरटेक गरेमा, रातमा बत्ती नबाली सवारी चलाएमा, एकतर्फी सडक (वान–वे) मा सवारी चलाएमा, मध्यम वा लामो दूरीको सार्वजनिक सवारीमा यात्रीलाई टिकट नदिएमा, मोबाइल फोन प्रयोग गरी सवारी चलाएमा, ढोका खुल्ला राखी सवारी चलाएमा, अवस्था ठिक नभएको सवारी चलाएमा, लेन अनुशासन पालना नगरी सवारी चलाएमा वा संकेत नदिई लेन परिवर्तन गरेमा पाँच पाँच हजार रुपैंयाँ जरिवाना गर्ने व्यवस्था उल्लेख छ । नेपाल समाचारपत्र दैनिकबाट