गोरखाः चुनाव प्रचारका क्रममा नेकपा माअोवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच गोरखामा झडप भएको छ। झडपमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन्। गोरखाको लक्ष्मी बजारमा शनिबार साँझ ६ बजेतिर भएको झडपमा परी नयाँ शक्ति नेपालका कार्यकर्ताहरु सुवास कुमाल, भीमबहादुर कुमाल, दिपक कुमाल र तिलक कुमाल घाइते भएकाे प्रहरीले जनाएकाे छ। चुनावको प्रचारमा हिडेको नयाँ शक्तिको टोलीलाई रोकेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रचार टोलीले आक्रमण गरेको थियो। माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणपछि लक्ष्मीबजारको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो। आक्रमणबाट बा ३७ प २६०४ नम्बरको मोटरसाइकल, ग २ च ३३६४ नम्बरको बोलेरो जीपमा तथा प्रचारमा प्रयोग गरिएको माइकमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनापछि अहिले प्रहरी उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा प्रहरीको टोली घटनास्थल पुगेको छ।
प्रचण्ड र बाबुरामका कार्यकर्ताबीच गोरखामा मारामार,चारजना घाइते

सवाल नेपालसंवाददाताशनिबार, २२ वैशाख २०७४

प्रचण्ड र बाबुरामका कार्यकर्ताबीच गोरखामा मारामार,चारजना घाइते
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३


