मंगलबारलाई धेरै कारणहरुले गर्दा अशुभ मान्ने गरिन्छ। यो दिनमा हिन्ददेवताहरू गणेश, दुर्गा, काली र हनुमानको पूजा आरधाना गरिन्छ । मंगलवार विशेषगरि मंगल ग्रहको प्रभाव रहेको कारण यसदिनलाई मंगलवार पनि भनेर चिनिन्छ।

ज्योतिषशास्त्रकाअनुसार मंगल ग्रह ग्रहहरुको प्रमुख सेनापति भनेर परिचित छन्। त्यस्तै हिन्दु ज्योतिशास्त्र अनुसार मंगलग्रह धर्तिका पुत्र हुन्, तर तुलनात्मक रुपमा पृथ्वी भन्दा धेरै सानो भएको वैज्ञानिक तथ्यबाट पुष्टि छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पृथ्वीभन्दा सानो भए पनि मानिसमा यसको प्रत्यक्ष असर अधिक र गहिरो पर्ने गर्छ। मंगलग्रहको प्रकृति ज्यादै क्रोधित र बदलाको भावानाले भरिएको हुन्छ, जो व्यक्तिलाई मंगलग्रहले शासन गर्दछ उसँग यौन इच्छा बढी हुने र शारीरिक इच्छाको आनन्द भरपुर रुपमा लिने गर्दछन्।

मंगलबार मंगल ग्रहको प्रभावले गर्दा यस दिन ऋण लिनु ज्याँदै अशुभ मानिन्छ, यसदिन लिएको ऋणलाई तिर्न वर्षौं लाग्ने र तिर्न पनि नसक्ने अवस्था श्रीजना हुने गर्दछ। साथै यसदिन नयाँ कपडा पनि नलगाउन हिन्दु ज्योतिशास्त्रमा उल्लेख छ।

त्यस्तै पुरातन समयमा चलाख ऋणदाताहरुले गरिब तथा निमुखा किसानहरुलाई ऋण लिन मंगलवारका लागि प्रेरित गर्ने गर्दथे । जसले गर्दा ऋणीलाई मंगलबारको दशा लागोस् र समयमा चुक्ता गर्न असक्षम हुन् र उनीहरुको अचल सम्पति आफ्नो नाममा पर्ने गर्ने चलन थियो। तर, मंगलवारको दिन सबै ऋण चुक्ता गर्नका लागि शुभ मानिन्छ।