काठमाडौं, २३ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै अब निर्वाचित हुने स्थानीय तहका पदाधिकारीको पारिश्रमिक तोकिएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अब निर्वाचित भएर आउने नगरपालिकाका मेयरदेखि वडा सदस्यसम्मको मासिक पारिश्रमिक तोकेको हो ।
कसको कति ?
महानगरपालिका प्रमुख : ६० हजार उपप्रमुख : ५० हजार वडाअध्यक्ष : ३० हजार उपमहानगरपालिका प्रमुख : ४५ हजार उपप्रमुख : ४० हजार वडाअध्यक्ष : २५ हजार नगरपालिका प्रमुख : ३० हजार उपप्रमुख : २५ हजार वडाअध्यक्ष : २० हजार गाउँपालिका प्रमुख : २५ हजार उपप्रमुख : २० हजार वडाअध्यक्ष : १५ हजार बैठक भत्ता १ हजार स्थानीय तहमा निर्वाचित वडा सदस्यहरुका लागि एक हजार रुपैयाँ बैठक भत्ता तोकिएको छ ।



