देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपियाँ नोक्सान हुनुका साथै अराजक अवस्थालाई प्रोत्सान भइरहेको छ ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले २०७५ साल असोज २ गते हटाउने भनिएका ३१ व्यापारीले अहिलेसम्म अदालतको मुद्दा देखाउँदै स्टल ओगटेर भाडा नै नतिरी व्यापार गर्दै आएका छन् ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले ३१ वटा स्टलका व्यापारीले बजारको नियमविपरीत व्यापार सञ्चालन गरिरहेको स्वीकार गरे।

हामीले बारम्बार हट्नका लागि सूचना निकालेका छौँ, तै पनि उनीहरू अटेर गरेर बसिरहेका छन्, निर्देशक पौडेलले भने। उनका अनुसार समितिले एक महिने, १५ दिने र सात दिने गरेर तीन/चारपटक सूचना निकाल्नुका साथै, स्टलैपिच्छे पत्र काट्ने समेत काम गरेका छौँ, यति गर्दा पनि व्यापारीले बेवास्ता गर्दै हट्न मानेका छैनन् ।

व्यापारीलाई स्टल हटाउन निर्देशन दिएपछि हामीले भाडा लिएका छैनौँ, निर्देशक पौडेलले भन्नुभयो, व्यापारीले अटेर गरिदिँदा हामीलाई महिनाको करिब साढे दुई लाख घाटा लागेको छ ।

समितिका अनुसार प्रतिस्टल भाडा न्यूनतम १२ हजारदेखि बढीमा २० हजार रुपियाँसम्म लिने गरिएको छ । ती स्टलका व्यापारीले २०७५ असोज २ गतेदेखि भाडा तिरेका छैनन् । यी स्टललाई हटाउन स्टल वितरणको कार्यविधि बनेर कार्यान्वयनको तयारीमा छ तर बोर्ड बस्न नसकेका कारण कार्यान्वयन हुन नसकेको जानकारी कार्यकारी निर्देशक पौडेलले गराए।

उहाँले भन्नुभयो, कार्यविधि कार्यान्वयनका लागि बोर्ड बैठकबाट स्वीकृति हुनुपर्छ, बोर्डको अध्यक्ष नै नभएकाले बैठक बस्न सकेको छैन, अध्यक्ष नियुक्ति हुनेबित्तिकै कार्यविधि कार्यान्वयनको निर्णय हुन्छ । अध्यक्ष नभएकाले कालीमाटी बजार विकास समितिको बोर्ड बैठक बस्न सकेको छैन ।

कृषि तथा पशुपन्छी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले भने कालीमाटी समितिमा यही साता वा नसके अर्को सातासम्म अध्यक्ष नियुक्त हुने जानकारी दिए। गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah