एमालेले जेठ ३१ को दोस्रो चरणको निर्वाचन स्वीकार नगर्ने पनि प्रष्ट पारेको छ । पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुरक्षा र निष्पक्षताको दृष्टिबाट एक महिनाको फरकमा दुई चरणको चुनाव सम्भव नहुने बताउनु भयो । ‘हामीले निर्वाचन आयोगलाई पनि भनेका छौं, पहिलो चरणको चुनाव र दोस्रो चरणको चुनावको फरक बढिमा एक साता हुनसक्छ ।
बरु दुवै चुनाव सारेर जेठ ८, १० गते गर्न सकिन्छ’ पोखरेलले भन्नु, भयो तर पहिलो चरणको चुनाव गरेर मत परिणाम सार्वजनिक गर्ने,बजेट ल्याउने अनि दोस्रो चरणको चुनावमा जाने कुरा कुनै हालतमा मान्य हुँदैन ।’ पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सुरक्षा र निष्पक्षताको दृष्टिबाट एक महिनाको फरकमा दुई चरणको चुनाव सम्भव नहुने विचार ब्यक्त गर्नु भयो ।










