काठमाडौं/ तिन सातादेखि नेपालका विभिन्न स्थानका विशेषगरी महिलाहरूले स्वस्थानीको व्रत लिइरहेका छन्।काठमाण्डू उपत्यकास्थित शालीनदीमै बसेर व्रत लिनेहरू पनि छन्।नेपालको मध्यपहाडी क्षेत्रमा स्वस्थानी व्रतकथा निकै प्रचलित रहेको देखिन्छ।

नेपाली महिलाबीच प्रचलित स्वस्थानीका कतिपय प्रसङ्गबारे पछिल्ला वर्षहरूमा आलोचना पनि हुने गरेको छ।स्वस्थानीको कथाले महिलाहरूलाई ुदोस्रो दर्जाुको मानिसका रूपमा देखाएको आलोचकहरूको कथन रहने गरेको छ।

तर अहिले नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको स्वस्थानीको कथा काठमाण्डू उपत्यकामा लेखिएको र उपत्यका केन्द्रित कथा रहेको इतिहास तथा संस्कृतिविद्हरूले बताउने गरेका छन्।कतिपय अनुसन्धानकर्ताहरूले स्वस्थानीको कथालाई काठमाण्डूको कथा भन्ने गरेको पनि सुनिन्छ।

तर यो काठमाण्डूको होइन कि काठमाण्डू केन्द्रित कथा हो।सुरुमा यो कथा संस्कृतमा लेखिएको फेला परेको छ।संस्कृतमा लेखिएको केही वर्षपछि त्यसलाई नेपाल भाषा नेवारीमा उल्था गरिएको पाइन्छ।त्यसको धेरै पछि मात्र त्यसलाई नेपालीमा उल्था गरिएको हो।

संस्कृत भाषामा नेपाल संवत ६९३ अर्थात् विक्रम संवत १६३० मा स्वस्थानीको व्रतकथा लेखिएको भेटिएको छ।त्यसलाई नेपाल संवत ७ सय २३ अर्थात् विक्रम संवत १६६० मा नेपाल भाषामा उल्था गरिएको भेटिन्छ।सुरुमा संस्कृतमा लेखिएको स्वस्थानीमा व्रतकथामा त्यसलाई लिङ्ग पुराणको कथा भनिएको छ।

त्यसपछि कसैले शिव पुराण त कसैले स्कन्ध पुराण भनेर लेखेको देखिन्छ।तर सुरुमा अहिलेको जस्तो ३२ अध्यायको स्वस्थानी व्रतकथा थिएन।त्यसबेला दुईरचार दिनमा पढेर सकिने खालको कथा मात्र थियो।त्यो पनि अहिलेको जस्तो सबै कथा थिएन। गोमा ब्राह्मणी र उनका छोरा नवराजको कथा मात्र थियो।

अनि पूजाविधि सिकाइएको थियो। तर बिस्तारै त्यसमा अन्य कथाहरू जोडिन थाले।सृष्टि र संहारका कथा जोडिए। शक्तिपीठका कथा पनि जोडिए।खासमा स्वस्थानी भनेको शैव र वैष्णव कथाहरूको मिश्रण हो।यसमा विभिन्न पुराणका कथाका सारांशहरू जोडिएका छन्।शिव र विष्णुका कथाहरू जोडेर एउटा मौलिक खालको कथा जस्तो बनाइएको छ।त्यसबेला विभिन्न स्थानमा आफ्नै पुरणाहरू लेख्ने चलन चलेको जस्तो देखिन्छ।

त्यसै अनुसार यो पनि काठमाण्डू केन्द्रित स्थान पुराण जस्तो बन्यो।खासमा स्वस्थानी भनेको पनि पार्वती देवी नै हुन् भन्ने देखिन्छ।सुरुमा अन्य पुराणको भनेर पनि लेखिए पनि स्कन्ध पुराण चाहिँ धेरै चल्तिमा आएको छ।कुमार र अगस्त्यको संवाद चाहिँ स्कन्ध पुराणबाट लिइएको देखिन्छ।

बीबीसीका अनुसार पहिले मानिसहरूले पढ्नलेख्न जान्दैन थिए। त्यस्तो बेलामा यस्ता कथाहरू सुन्ने भनेकै पुराण लगाएका बेला हुन्थ्यो।तर आजभन्दा डेढ दुई सय वर्ष अघि नेपाली भाषामा स्वस्थानी लेखियो।त्यो स्वस्थानी घरघरमा पुग्यो। त्यसलाई पढ्नका लागि पण्डित नै नचाहिने भयो।

त्यसका कथामा अन्य धार्मिक कथाहरूमा जस्तो अन्यत्र भन्दा पनि नेपाल भित्रकै कुराहरू वर्णन गरिएकाले पनि धेरैलाई यसले आकर्षित गर्‍यो।यो नेपाली जीवनको एउटा स्वतन्त्र कथा जस्तो बन्यो। त्यसले गर्दा यो धेरै लोकप्रिय भयो।अहिले यो कथाबारे आलोचनात्मक कुराहरू पनि उठिरहेका छन्।

त्यही कारणले हुनुपर्छ कतिपयले यसलाई छाड्दै गएको पनि देखिन्छ।त्यसको उदाहरण काठमाण्डू उपत्यका नै छ। यहाँ उत्पत्ति भएको कथा भए पनि काठमाण्डूकै नेवारहरूले स्वस्थानी परम्परालाई खासै अपनाएको देखिँदैन।यो कथा निकै पछिको भएकाले त्यसलाई कलामा उतारेको अर्थात् मन्दिर वा मूर्तिहरू बनाएको पनि खासै देखिँदैन।मध्यकालमा वसन्तपुर नजिकै एउटा स्वस्थानीको मूर्ति भने स्थापना भएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah