वि.सं. २०७६ माघ १८,शनिबार, इ.स. २०२० फेब्रुवरी १, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, सप्तमी, १४:५१ उप्रान्त अष्टमी, नक्षत्र– अश्विनी, १८:०९ बजेउप्रान्त भरणी, योग– शुभ, २८:१० बजेउप्रान्त शुक्ल, करण– वणिज, १४:५१ बजेदेखि भद्रा, २७:३९ बजेउप्रान्त वव, आनन्दादिमा सौम्य योग, चन्द्रराशि– मेष,सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी ४ पला। अचला सप्तमी। रथ सप्तमी। मन्वादि। लगलाचुयके।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,आजको शुभ अंक ८ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्, सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आँटेका काम समयमा पूरा गर्न नसकिएला,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झगडा पनि हुनसक्छ,पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ,पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ,आजको शुभ अंक १० रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विश्वास गुम्ने सम्भावना छ,सचेत रहनुहोला,द्योग–धन्दामा विशेष सफलता पाइनेछ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, अनुभवले ज्ञानको दायरा बढ्नेछ,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,घरेलु समस्या देखापर्न सक्छन्, आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
व्यवसायमूलक भ्रमण गर्ने समय छ,पारिवारिक जमघटमा मन रमाउनेछ, चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,नयाँ काम र जिम्मेवारी मिल्नेछ, काममा विलम्ब र खर्च बढ्ने योग छ,आजको शुभ अंक १२ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,पेटको गडबडीले सताउन सक्छ,केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
धार्मिक क्रियाकलापमा बाधा हुनेछ, साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्, परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,आजको शुभ अंक ७ रहेको छ। दिब्य बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah