नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कडाइ गरेको छ ।

सामाजिक सञ्जालमा हुने विज्ञापनमा विदेशी मुद्रामा अवैधानिक च्यानलमार्फत भुक्तानी हुने भन्दै विदेशी विनिमय व्यवस्था विभागले यस्तो भुक्तानी नगर्न सचेत गराएको छ ।

विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबाट विदेशमा गैरकानूनी रकम पठाउने काम रोकिने बताएका हुन् ।

‘सामाजिक सञ्जाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानूनी हो,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता कारोवारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानून बमोजिम कारवाही हुने विज्ञप्तिमा बताइएको छ ।

यसबाट फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा पोस्ट स्पोन्सर गर्न नपाइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय