वि.सं. २०७६ माघ १९, आइतबार, इ.स. २०२० फेब्रुवरी २, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, अष्टमी, १६:२१ उप्रान्त नवमी, नक्षत्र– भरणी, २०:०६ बजेउप्रान्त कृत्तिका, योग– शुक्ल, २८:०० बजेउप्रान्त ब्रह्म, करण– वव, १६:२१ बजेदेखि वालव, २८:५६ बजेउप्रान्त कौलव, आनन्दादिमा कालदण्ड योग, चन्द्रराशि– मेष, २६:३१ बजेउप्रान्त वृष, सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी ८ पला। व्रत/पर्व-अष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पारिवारिक जमघटमा मन रमाउनेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,सचेत रहनुहोस, विभिन्न अवसर प्राप्त हुनेछन्,पारिवारिक आवश्यकता पूरा गर्न सकिनेछ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,प्रशंसकहरू बढ्नेछन् भने नाम,दाम र इनाम हातपार्ने समय छ,कामको बोझ थपिनेछ, धार्मिक क्रियाकलापमा बाधा हुनेछ, साइनो गाँस्नेहरूले भने दुःख दिनेछन्,आजको शुभ अंक ७ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
अनुभवले ज्ञानको दायरा बढ्नेछ,निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अर्कैका हातमा जानेछ,घरेलु समस्या देखापर्न सक्छन्, आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आजको शुभ अंक १२ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
भेटघाटमा पनि अलमलिनुपर्ला, सुरुमा काम बन्नुका साथै प्रशस्तै आम्दानी हात पर्नेछ,अधुरा कामहरू बन्नेछन्,सचेत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला, लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ भने मान–सम्मान पनि पाइनेछ,गाँस्नेहरूले सताउन सक्छ,सुरुमा अस्वस्थताका बीच कामको बोझ बढ्नेछ,प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ,विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ,पहिलेको उपलब्धिले अध्ययनमा उत्साह जगाउनेछ, विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,गोपनीयतामा ध्यान दिनुहोला,प्रयत्न गर्दा विदेश यात्राको अवसर समेत जुट्न सक्छ, बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,आजको शुभ अंक ९ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,अभिभावकसँग संयमतापूर्वक व्यवहार गर्नुहोला,फसिने डरले सताउन सक्छ, झगडा पनि हुनसक्छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यमा देखिने कमजोरीले काममा समेत बाधा पुर्याउनेछ,धैर्यले काम लिन सकिनेछ,लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
झुटा आरोप लाग्नुका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,पेटको गडबडीले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,श्रमको प्रतिफल कमैमात्र हातलागी हुनेछ, बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,आजको शुभ अंक १ रहेको छ । दिब्य ज्योतिष बाट साभार गरेको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah