सुनसरी / सुनसरीकाे तित्रृबनामा बस र हाईस ठाेक्किदा मृत्यू हुनेकाे संख्या ४ पुगेकाे छ । इटहरीबाट पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठाेक्किदा ४ जनाकाे मृत्यू हुनका साथै अन्य ८ जना घाईते भएका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख एसपी भीम बहादुर दाहालका अनुसार मृतकहरू सबै हायसमा सवार रहेका थिए । दुर्घटनामा मृत्यु हुनेमा काठमाण्डौका हेमराज कोईराला, हाइस चालक दिपक खड्काको मृत्यु भएको छ भने बाँकी २ जनाको भने नाम थर खुल्न नसकेको जनाइएकाे छ । घाइतेहरूकाे इनरुवा अस्पतालमा ४ जना एपेक्स अस्पतालमा २ जना र धरानमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पुर्बेली न्यूज बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय