ललितपुर / ललितपुरको बखुन्डोस्थित उत्तर कोरियाली दूतावास नजिकै एक कवाडीखानामा आगलागी भएको छ । आगलागीमा परि एक जना घाइते भएका छन् ।
कवाडीखानामा आइतबार बिहान ११ः२० बजेतिर लागेको आगलागी लागेको हो । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।
आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ । थप विवरण आउन बाँकी रहेकाे छ ।










