वि.सं. २०७६ माघ २०, सोमबार, इ.स. २०२० फेब्रुवरी ३, शकसंवत् १९४१, परिधावी संवत्सर,उत्तरायण, शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, नवमी, १७:२४ उप्रान्त दशमी, नक्षत्र– कृत्तिका, २१:३६ बजेउप्रान्त रोहिणी, योग– ब्रह्म, २७:२९ बजेउप्रान्त ऐन्द्र, करण– कौलव, १७:२४ बजेदेखि तैतिल, २९:४५ बजेउप्रान्त गर, आनन्दादिमा स्थिर योग, चन्द्रराशि– वृष, सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:४४ बजे र दिनमान २७ घडी १ पला। द्रोण–नवमी। सर्वार्थसिद्धि योग २१:३६ बजेदेखि।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
सचेत रहनुहोस्,सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ,बिचार गरेर गर्द पनि अरुसँग नरामरो हुने योग छ,आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ,आजको शुभ अंक १२ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विश्वास गुम्ने सम्भावना छ,कम्जोर अनुभूति हुनेछ,गोप्य रहस्य पत्ता लगाउन सफल भइने छ,कुनै पनि काम गर्दा घर सल्लाह गर्दा राम्रो छ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक ९ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
स्थितिमा सुधार आउनाले धेरै काम बन्नेछन्,व्यवसायमूलक भ्रमण गर्ने समय छ, पारिवारिक जमघटमा मन रमाउनेछ,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
पहिलेको उपलब्धिले काममा उत्साह जगाउनेछ,चौपाया दोपायाबाट आंशिक फैदा हुनेछ,नयाँ काम र जिम्मेवारी मिल्नेछ,काममा विलम्ब र खर्च बढ्ने योग छ,लगानी बढाउँदा व्यवसायबाट लाभ मिल्न सक्छ, आजको शुभ अंक ८ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ,परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ, नयाँ काममा हात हाल्ने समय आएको छ,राजनीति र नोकरीमा लाग्नेहरूलाई फाइदा हुनेछ,आजको शुभ अंक १ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बलजफ्ती गर्दा थप समस्या आउन सक्छन्,सामान्य काम र उद्देश्यविहीन भ्रमणमा बढी समय बित्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला,पेटको गडबडीले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ,सचेत रहनुहोला,द्योग–धन्दामा विशेष सफलता पाइनेछ,स्वास्थ्य कमजोर देखिए पनि इच्छाशक्ति बढ्नाले चाँडै लक्ष्य प्राप्त गर्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
परिस्थितिको बन्धनमा परिने समय छ,हिम्मतले काम लिनेहरूलाई भने फाइदै हुनेछ, काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ,प्रशंसकहरू बढ्नेछन् भने नाम, दाम र इनाम हातपार्ने समय छ,आजको शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ,पहिलेका सहयोगी भने प्रतिस्पर्धीका रूपमा देखा पर्न सक्छन्,टाढिएका साथीभाइ नजिकिनाले सुखदुःखमा साथ पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ,आफन्तबीच अविश्वास बढ्ला,सचेत रहनुहोला,गोप्य रहस्य पत्ता लाग्नेछ,प्रशस्त धनलाभ हुनेछ, भेटघाटमा पनि अलमलिनुपर्ला,आजको शुभ अंक ११ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ,केही चुनौती देखिए पनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ,धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ,आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
प्रयत्न गर्दा प्रतिस्पर्धीहरूलाई हराउन सकिनेछ,मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आँटेका काम समयमा पूरा गर्न नसकिएला,लगानीको राम्रो प्रतिफल उठाउन सकिएला,आजको शुभ अंक ८ रहेको छ। दिब्य ज्योतिष बाट साभार गरिएको



