मोरङ/ स्कुल बसको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा उर्लावारी नगरपालिका-१ कान्छी चोकमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १७ प ७९४ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट जाँदै गरेको मधुमल्ला चिल्ड्रेन ऐकेडेमीको को १ ख ७५५६ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक मिक्लाजुङ गाउँपालिका-६ का २६ बर्षीय डेकेस बि.क., निजको श्रीमती २० बर्षीया सिर्जना बि.क, निजकै सासु ४३ बर्षीय कल्पना ठटाल र ३ बर्षीया छोरी प्रतिक बि.क घाईते भएका थिए ।

घाईतेहरुको बिराट नर्सिङ होममा उपचार भईरहेकोमा ३ बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुको सोही अस्पतालमा उपचार भईरहेको छ भने बस र बस चालककाई ईलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय