काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की कार्यालय समयभन्दा अगाडी नै सर्वोच्च अदालतमा प्रवेश गरेकी छन् । उनले आजदेखि फेरि औपचारीक रुपमा कार्यभार सम्हालेकी छन् । सर्वोच्च अदालतको आदेशपछि कार्कीले आज सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेकी हुन् । प्रधानन्यायाधीश कार्की बिहान सवा ९ बजे बा २ घ ११७५ नम्बरको गाडीमा सर्वोच्च अदालतमा पुगेकी थिइन ।
सर्वोच्चको आदेशपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चमा हाजिर हुनसक्ने कानुनी बाटो खुलेको थियो। वैशाख १७ मा कांग्रेस-माओवादीका २४९ जना सांसदले संसदमा कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए।



