बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ खैरीमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ट्यााक्टर चालक शिवराज नगरपालिका २ हेलवाडिया बस्ने अन्दाजी ५० बर्षको भोला भनिने हर्कमान चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।

पूर्वबााट पश्चिमतर्फ जाँदै गरेको लु १त ७२६६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ घरको पर्खालमा ठोकिएर दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय