यौन दुर्व्यवहारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट्न पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई कारागार पुगेका छन् ।

सोमवार अपराह्न भट्टराई डिल्लीबजारस्थित कारागारमा पुगेर महरासँग करीब १ घण्टा कुराकानी गरेका हुन् । अपराह्न ३ बजेतिर महरालाई भेट्न डाक्टर भट्टराई पुगेका थिए । डाक्टर भट्टराईले महरासँगै रेशम चौधरीलाई पनि भेट गरेको स्रोतले जानकारी दियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

'३ बजेतिर उनी कारागार छिरेका थिए,' विश्वस्त स्रोतले लोकान्तरलाई भन्यो, 'महरालाई भेटेपछि रेशम चौधरी पनि त्यहीं भएकाले केही समय भेट भयो । एक घण्टापछि फर्के ।'

महरा कारागार चलान भएपछि उनलाई भेट्न जाने उच्च तहका राजनीतिज्ञमध्ये भट्टराई पहिलो हुन् । गत असोजको दोस्रो साता महरालाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको थियो । चौधरी भने टीकापुर हत्याकाण्डका अभियुक्तका रूपमा लामो समयदेखि कारागारमा छन् । फाइल तस्बिर