एनसेललेले प्रिपेड ग्राहकलाई लक्षित गरी ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ।
नजिकिदै गरेको प्रणय दिवसलाई लक्षित गरी ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याइएको एनसेलले जनाएको छ।
यो अफरमा ग्राहकले १ सय रुपैयाँ (करसहित १ सय २७ रुपैयाँ ६९ पैसा) मा ७ सय मिनेट ‘अन नेट टक टाइम’ रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन्।
यो अफर शुक्रबारदेखि लागु हुने र ३ महिनासम्म सञ्चालनमा रहने जनाइएको छ।
भ्यालेन्टाइन महिनाको अवसरमा सञ्चालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहित मात्र १८ पैसाप्रति मिनेटमा कुरा गर्न सक्ने पनि एनसेलले विज्ञप्तिमार्फत जनाएको छ।
यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ। ग्राहकले एस्टिक्«स१७११८ एस्टिक्«स२एस्टिक्«स३ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्छन्।










