पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा शाहले दाइजोमा पाएको छाउनीको जग्गा नेपाल ट्रस्टको नाममा ल्याउन बाटो खुलेको छ ।

पूर्व राजपरिवारका सदस्यको नाममा रहेका सम्पत्ति कानूनमार्फत नेपाल ट्रस्टको नाममा ल्याउने काम गैर संवैधानिक रहेको भन्दै परेको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रवार खारेज गरिदिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत समेतको संवैधानिक इजलासले प्रेरणाका तर्फबाट परेको रिट खारेज गरिदिएको हो ।

यससँगै उक्त जग्गा अब नेपाल ट्रस्टकै नाममा ल्याउन मार्ग प्रशस्त भएको छ ।

प्रेरणाले छाउनीमा दाइजोस्वरूप पाएको १५ रोपनी जग्गा र त्यसमा बनेको घरसमेत ट्रस्टको नाममा ल्याउने सरकारी निर्णयलाई यसअघि नै अदालतले सदर गरिदिएको थियो ।

त्यसपछि प्रेरणा यसरी पूर्व राजपरिवारका सदस्यको नाममा रहेका सम्पत्ति ट्रस्टको नाममा ल्याउनु गैरसंवैधानिक रहेको जिकिरसहित सर्वोच्च गएकी थिइन् । लोकान्तर बाट साभार