चीनको वुहान शहरमा रहेका नेपालीलाई ल्याउन सरकारले आलटाल गर्दै आएपछि अभिभावकहरू मानव अभिकार आयोग जाने भएका छन् ।

आफ्ना छोराछोरी र आफन्तलाई सरकारले ल्याउन अग्रसरता नदेखाएको भन्दै अभिभावकहरूले त्यसविरुद्ध अनशन बस्ने चेतावनीसमेत दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सरकारले आश्वासन मात्रै दिएको भन्दै उनीहरू सरकारविरुद्ध आक्रामक भएका हुन् ।

अभिभावक विमला श्रेष्ठका अनसार सरकारले झुटो आश्वासन दिएको भन्दै अब संगठित भएर मानवअधिकार आयोज जाने तयारी भएको छ । राजधानी दैनिकमा खबर छ ।