मेष– अध्ययनमा राम्रो प्रगति हुनेछ । सन्तानबाट सुख मिल्ने एवं व्यापार व्यवसाय फस्टाउनेछ । मुद्दा मामिला किनारा लाग्ने एवं गुप्त शत्रुको भय हट्नेछ । मनोरञ्जनमा खर्च हुने एवं धार्मिक यात्राको अवसर मिल्नेछ । स्वास्थ्यमा सुधार आउने एवं महिला वर्गबाट सहयोग मिल्नेछ । वैदेशिक कामबाट फाइदा एवं सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । साताको अन्त्यमा भने नयाँ मित्र भेटघाट एवम प्रेममा प्रगति हुनेछ ।

वृष– पारिवारिक विवाद आउनेछ । चिसोको समस्या बढ्ने एवं स्वास्थ्यमा खर्च हुनेछ । धनको कारोबारमा भने वृद्धि हुने एवं आर्थिक कारोबार बढ्नेछ । कला, संगीत क्षेत्रमा प्रगति हुने एवं कृषि व्यापारमा राहत मिल्नेछ । बोलीको कारणले विवाद बढ्ने एवं धन सम्पत्तिमा वैमनस्यता आउनेछ । साताको अन्त्यमा भने लामो यात्रा हुने, सुख सयलमा मन जाने एवं घरबाहिरको कारोबारमा प्रगति मिल्नेछ ।

मिथुन– दाजुभाईबाट सहयोग मिल्नेछ । छोटो यात्राको अवसर मिल्ने एवं काममा जिम्मेवारी थपिनेछ । वैदेशिक काममा प्रगति हुने एवं सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । साताको मध्यमा भने मित्रता टुट्न सक्ने एवं घरायसी विवाद बढ्नेछ । महिलावर्गसँग दुश्मनी बढ्ने एवम चिसोले असर गर्नेछ । साताको अन्त्यमा भने सन्तानबाट सहयोग मिल्ने एवं आध्यात्मिक क्षेत्रमा रुचि जानेछ र विद्याध्यनमा प्रगति हुनेछ ।

कर्कट– इष्टमित्रसँगको भेटघाट बढ्नेछ । बोली बचनको प्रभावले काममा प्रगति मिल्नेछ । धनको जोहो हुने एवम जग्गाजमिनको कारोबारबाट फाइदा मिल्नेछ । दाजुभाइसँगको सम्बन्धमा सुधार हुने एवं कृषि क्षेत्रबाट आम्दानी हुनेछ । घरबाहिरको काममा प्रगति मिल्ने एवम नयाँ कामको योजना बन्नेछ । साताको अन्त्यमा भने मानसिक अशान्ति बढ्ने, काममा ढिलासुस्ती हुने एवम नजिककाबाट बाधा आउनेछ ।

सिंह– काममा प्रशंसा मिल्नेछ । भोजभतेर एवं सामाजिक समारोहमा सहभागी हुने अवसर मिल्नेछ । मित्रतामा भने शंका बढ्ने एवं प्रेममा धोका हुनेछ । सन्तानको स्वास्थ्यमा बाधा आउने एवं मुद्दामामिलाको झमेला पर्नेछ । साताको मध्यमा भने धनको सहयोग मिल्ने एवं व्यापारमा प्रगति हुनेछ । साताको अन्त्यमा भने छोटो यात्रा हुने एवं रमाइलोमा खर्च बढ्नेछ ।

कन्या– स्वास्थ्यको लागि खर्च बढ्नेछ । यात्रामा सरसामान हराउने एवं अनावश्यक खर्च बढ्नेछ । मनमा द्विविधा हुनाले काममा ढिलासुस्ती हुनेछ । प्रेममा भने प्रगति हुने एवं वैवाहिक सुख मिल्नेछ । पारिवारिक स्वास्थ्यमा बाधा एवं अंश, जग्गामा विवाद पर्नेछ । साताको अन्त्यमा भने नयाँ योजनमा लगानी बढ्ने एवं आफन्तबाट सहयोग हुनेछ ।

तुला– व्यवसायले सन्तुष्टि दिनेछ । आम्दानीको स्तर बढ्ने एवं कृषि चौपायाबाट धन आर्जन हुनेछ । साताको मध्यमा भने यात्रामा खर्च हुने, सरसामान हराउन सक्ने एवं स्वास्थ्यमा खर्च बढ्नेछ । राजनीतिक क्षेत्रमा भने पहुँच बढ्ने एवं कला क्षेत्रमा प्रगति मिल्नेछ । धार्मिक यात्राको सम्भावना एवं दाजुभाइको सहयोगले पुरानो काम बन्नेछ ।

वृश्चिक– मानसम्मानको वृद्धि हुनेछ । सरकारी क्षेत्रबाट फाइदा एवं ठूला बडाले साथ दिनेछन् । रोजगारी एवं नयाँ पेशाको शुरुवात हुनेछ । धनको सहयोग मिल्ने एवं आम्दानीको स्तर बढ्नेछ । बोली बचनले भने दुश्मनी बढ्ने एवं आफन्तमा फाटो आउनेछ । पुरानो रोगले सताउने एवं धनमा विवाद पर्नेछ । खर्च बढी हुनाले पारिवारिक विवाद आउनेछ ।

धनु– यात्राको सम्भावना देखिन्छ । धार्मिक रुचि बढ्ने एवम नयाँ कामबाट फाइदा हुनेछ । ठूलाबडासँग सम्बन्ध बढ्ने एवम पद प्रतिष्ठाको कुरा चल्नेछ । जिम्मेवारी थपिनाले काममा भार पर्नेछ । काममा जस आउनाले सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्रामा खर्च हुने एवम शारिरीक अस्वस्थता बढ्नेछ । कला एवं संगीत क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । सामान्य चोटपटकको भय हुनाले यात्रामा सजक हुनुपर्नेछ ।

मकर– अनावश्यक विवाद बढ्नेछ । मानसम्मानमा आघात एवं योजनामा समस्या आउनेछ । साताको मध्यमा भने विदेशबाट फाइदा मिल्ने एवं वैदेशिक कारोबार फस्टाउनेछ । यात्राको सुख मिल्ने एवं अधुरा काम पुनः शुरु हुनेछन् । बोलीबचनले साथ दिने एवं माया प्रेममा प्रगति हुनेछ । साझेदारी लगानीमा प्रतिफल राम्रो आउनेछ । साताको अन्त्यमा भने प्रतिष्ठा बढ्ने एवं ठूलाबडाको साथ मिल्नेछ । सरकारी काम बन्नाले पुरानो काम सल्टिनेछ ।

कुम्भ– पारिवारिक यात्रा हुनेछ । आफन्तजनसँग भेटघाट एवम प्रेममा प्रगति हुनेछ । आफन्तबाट सहयोग मिल्ने एवम साथीभाइसँग मनोरञ्जनमा खर्च हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या आउने एवम काममा अपजस मिल्नेछ । सन्तानको स्वास्थ्यमा समस्या एवम अध्ययनमा बाधा हुनेछ । आम्दानीको स्तर भन बढ्ने तर स्वास्थ्यको लागि खर्च हुनेछ ।

मीन– मुद्दा मामिलामा प्रगति मिल्नेछ । नयाँ काममा योजना बढ्ने एवं यात्राको सुख मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवं नयाँ मित्रता गाँसिनेछ । प्रेममा प्रगति एवं वैवाहिक कुरा अगाडि बढ्नेछ । महिलावर्गबाट सहयोग एवम सरकारी धनको सुख मिल्नेछ । परिवारमा भने तनाव आउने एवं व्यक्तिगत समस्या बढ्नेछ । साताको अन्त्यमा भने काममा बाधा एवम अनावश्यक विवादमा फसिनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah