काठमाण्डौ - मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकले नयाँ प्रहरी महानिरीक्षकको बारेमा निर्णय गर्ने सम्भावना छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवा हदका कारण भोलिदेखि अवकास पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद भोलिदेखि रिक्त हुँदैछ । यस पटक पनि डीआइजीहरुबाटै नयाँ प्रहरी महानिरीक्षक बनाउनुपर्ने भएको छ ।

कार्यसम्पादन, वरिष्ठतालगायतका आधारमा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये एक जनालाई प्रहरी महानिरीक्षक बनाउने सम्भावना छ ।