नेकपा (एमाले)का सचिव एवम प्रचार विभाग प्रमुख योगेश भट्टराईले मुलुकमा अर्को कोतपर्व घटाउने योजना असफल भएको बताउनुभएको छ ।

प्रधानन्यायधिशमाथि अकस्मात महाअभियोग लगाएर सत्तारुढ दलहरुले मुलुकमा अर्को कोतपर्व घटाउने प्रयास गरेपनि एमाले र आम नागरिकको बलमा त्यस्तो प्रयत्न असफल भएको ठोकुवा गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘आतंकवादीहरु असफल बन्दा अन्ततः आत्मघाती खेल खेल्छन् म सत्तारुढ दलहरुहरुलाई आतंकवादी त भन्दिन तर उनीहरुका पछिल्ला दिनहरुका क्रियाकलापहरुले त्यस्कै झझ्ल्को दिएको छ। सचिव भट्टराईले सञ्चारकर्मीबीच भन्नुभयाे ।  ‘सत्तारुढ दलहरुले लगाएको प्रधानन्यायधिश माथिको अभियोग पनि त्यस्तै प्रकृतिको कदम हो । यो आत्मघाती खेल अहिले सत्तारुढ दलहरुकै कोर्टमा फर्किएको छ ।’

सत्तारुढ दलका केही नेताहरु बहुलठ्ठीपूर्ण ढंगले अघि बढिरहेको बताउदै सचिव भट्टटराईले यस्तो क्रियाकलापले लोकतान्त्रिक व्यवस्था र संघीय संविधान मास्न लागि परेको आभाष पाएकाे बताउनुभयो । ‘तर निर्वाचन आयोग, न्यायलयजस्ता संस्थाहरु त्यसको सती जांदैनन् ।  तिनीहरुको योजनालाई एमालेलगायतका लोकतान्त्रिक शक्तिहरुले असफल पार्नेछन् ’  उहाँले भन्नुयो।

साेही कार्यक्रममा प्रचार विभाग उपप्रमुख तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले एमालेले स्थानीय तहमा ६० प्रतिशत स्थानमा विजय हासिल गर्ने दावी गर्दै भन्नुभयो, निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वीरोध निर्वाचित संख्याले त्यसलाई पुष्टी गरिसकेको छ । यही क्रमले एमाले विजयउन्मुख छ ’।