चितवन । इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । भरतपुर अस्पतलमा उपचारको क्रमम मंगलबार राति वडासदस्य चोपाङको निधन भएको हो ।
माघ २२ गते गाउँपालिका कार्यालयमा टाउको दुखेर परीक्षण गराउन स्वास्थ्यचौकी पुग्नुभएका चोपाङलाई लगातार वान्ता हुन थालेपछि त्यसैदिन भरतपुर अस्पताल पुर्याइएको थियो ।
अचेत अवस्थामा अस्पताल पुर्याइएका चेपाङको उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिनुभयो । वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा बुधबार सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित हुनुभएको थियो ।










