पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सशस्त्र युद्धकालका तस्वीरहरू फेसबूकमा शेयर गर्दै जनयुद्ध दिवसलाई सम्झिएका छन् । वि.सं. २०५२ देखि १० वर्षसम्म चलेको सशस्त्र युद्धमा बाबुरामले नेतृत्व तहमा नै रहेर भूमिका खेलेका थिए ।

जनयुद्धकै जगमा सांसद निर्वाचित भएर प्रधानमन्त्री समेत बनेका बाबुराम हाल सामाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अलग भएर नयाँ शक्ति पार्टी खोलेका बाबुराम उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेपछि गठित पार्टीको संघीय परिषद् अध्यक्ष बनेका हुन् । केन्द्रीय कार्यसमिति अध्यक्ष भने उपेन्द्र यादव नै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय