#

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

    २०७६ फाल्गुन २, शुक्रबार ०९:११ मा प्रकासित

केबि महरा/ काठमाडौ
सरकारले कार्यकाल सम्हालेको दुई बर्ष पुगेको अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्वोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्री ओलिले आज दिउसो २ बजेबाट बस्ने प्रतिनिधिसभाको सुरुमै सम्बोधन गर्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ। तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकतापछि बनेको सरकारको नेतृत्व गरिरहेका ओली बि.स. २०७४ फागुन ३ मा प्रधानमन्त्री बन्नुभएको थियो ।
सरकारको २ वर्षे कार्यकाल फाल्गुन ३ अर्थात भोलि पुरा हुँदैछ । तर भोली शनिबार परेकाले उहाँले आज बस्ने प्रतिनिधिसभा बैठकलाइ सम्बोधन गर्न लाग्नुहुने भएको हो ।
सम्बोधनका क्रममा उहाँले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका काम कारवाही र समसामयिक घटनाक्रमका बारेका बोल्नुहुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । हालको समीक्षा र सरकारका आगामी कार्यगत निर्णयहरुको बारेमा समेत प्रधानमन्त्रीले उद्घोष गर्नुहुने श्रोतले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी