काभ्रे : भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १९ च १३२३ नम्बरको बोलेरोको ठक्‍करबाट प्रहरी चौकी साँगाका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असइ) तेजबहादुर गुरुङको मृत्यु भएको छ । उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको हो । डिउटीमै रहेका असइ गुरुङ बाटो काट्ने क्रममा बोलेरोले ठक्‍कर दिएको प्रहरीले जनाएको छ ।

गुरुङलाई बोलेरो जीपले प्रहरी चौकी अगाडि ठक्‍कर दिएको इलाका प्रहरी कार्यालय बनेपामा प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । तिमिल्सिनाका अनुसार ठक्‍कर दिने बोलोरो गाडीका चालक भक्तपुर नपा १० का बिक्रम नाकी बन्जारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको बोलोरोले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगेको प्रहरीले जनाएको छ। अन्नपूर्ण पोस्ट बाट साभार गरिएको 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय