#

मोरङको जंगलमा भेटियो बेवारिसे शव

  सवाल नेपाल   २०७६ फाल्गुन २, शुक्रबार २१:५६ मा प्रकासित

विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जंगलमा शुक्रबार दिउँसो एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

अन्दाजी ३५÷४० वर्षीय पुरुषको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बताए ।

उनका अनुसार कान र मुखमा किरा परेको अवस्थामा भेटिएको शव सडेको छ । आक्रमण गरेर र कुटपिट गरेको कुनै चोटपटक भने शरीरमा नभेटिएको जानकारी गिरीले दिए ।

शव पोस्टमार्टमका लागि मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । अन्नपुर्ण पोस्ट बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी