काठमाडौ ,फाल्गुन ३
आउँदो फागुन ९ देखि १८ गतेसम्म सिन्धुलीमा दोस्रो फिक्कल महोत्सव आयोजना गरिने भएको छ। सरकारले मनाइरहेको भ्रमण वर्ष–२०२० लाई टेवा पु-याउन फिक्कल गाउँपालिकाले महोत्सवको आयोजना गर्न लागेको फिक्कल गाउँपालिका अध्यक्ष धनबहादुर कार्किले बताएका छन् ।

महोत्सवबारे जानकारी दिन शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिक्कल गाउँपालिका अध्यक्ष कार्कीले फिक्कललगायत आसपासमा उत्पादित वस्तु तथा सेवाहरूको प्रचारप्रसार, बिक्रीवितरण र प्रवद्र्धन गर्न औपचारिक रूपमा साझा र अल्पकालीन बजार उपलब्ध गराउने उद्देश्यसहित महोत्सव आयोजना गर्न लागिएको बताए ।
साथै गाउँपालिकामा रहेका मौलिक संस्कृति र सम्पदा तथा कृषि, जलस्रोत, पर्यटन, जडीबुटीबारे प्रचारप्रसार गर्ने, स्वदेशी उत्पादन तथा सेवाहरूबारे उपभोक्ताहरूलाई जानकारी गराउने, ऐतिहासिक तथा धार्मिक धरोहरको प्रचारप्रसार गर्ने उद्देश्य पनि महोत्सवले राखेको छ। किबी र आलु पकेट क्षेत्रको प्रसारप्रसार गर्ने, जिल्लाकै अग्लो चुचुरो फिक्कल डाँडाको दृश्यावलोकन गराउने, सुनकोसी नदीमा -याफ्टिङ गराउने लगायतका कार्यक्रम महोत्सवमा समेटिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय