#

चीनको कोरोना प्रभावित उहानमा रहेका नेपालीहरु लाई शनिबार राति नेपाल ल्याइने

    २०७६ फाल्गुन ३, शनिबार ०९:३८ मा प्रकासित

काठमाण्डाै ,फाल्गुन ३
चीनको उहान प्रान्तमा रहेका नेपालिहरुलाई आज शनिबार राती विशेष विमान चार्टर गरि नेपाल ल्याईने भएको छ ।
फर्कन आवेदन दिएका १ सय ८५ जनालाई शनिबार राति नेपाल ल्याइने भएको हो ।
त्यसका लागि चार जना सरुवा रोग विशेषज्ञ चिकित्सकसहितको विमान शनिबार दिउँसो चीन जाने र राति फर्कने तयारी रहेको सरकारले जनाएको छ ।
त्यहाँ रहेका सबैको चीनमै स्वास्थ्य परीक्षण गरिने र कोरोनाको लक्षण देखिए उपचारका लागि चीनकै अस्पताल पठाइने छ ,तर
कोरोना नभएको पुष्टि भएपछि मात्र नेपाल ल्याइनेछ ।
त्यसका लागि ४ घण्टा अघि नै चीनको विमानस्थलमा पुर्‍याइने नेपाली दूतावासले जानकारी दिएकाे छ । त्यसै गरि त्रिभुवन विमानस्थल आइपुगेपछि पनि फेरि स्वास्थ्य परीक्षण गरिने भएकाले कोरोना संक्रमित ल्याउन लागेको भन्ने हल्लाको पछि नलाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
नेपाल ल्याईएकाहरुलाई परीक्षण पछि कोरोनाको लक्षण देखिए टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाइने तयारि छ,भने
स्वस्थ व्यक्तिलाई भक्तपुरको खरीपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने तथा उनीहरुलाई लिन गएको विमानका चालक लगायतलाई  भने नगरकोटको खानेपानीको कार्यालयमा चिकित्सकको प्रत्यक्ष निगरानिमा राखिनेछ ।
उनीहरुलाई त्यहाँ राख्दा कोरोनाको लक्षण देखिए तत्काल अस्पताल लगेर आइसोलेसनमा राख्ने तयारी छ । उनीहरुलाई २ हप्तासम्म आफन्तसँग पनि भेट्न दिइने छैन भने चौबिसै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा राखिनेछ । कोरोना नभएको पुष्टि भएपछि अभिभावकको जिम्मा लगाइनेछ । 

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading...

सवाल नेपाल टिभी