काठमाडौं । लोडसेडिङ अन्त्य अभियानबाट स्याबासी पाएका नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ विवादमा परेका छन् । एलइडी बल्ब खरिद प्रकरणमा उनी विवादमा परेका हुन् ।
विद्युत कम खपत गर्ने भन्दै भारतबाट उक्त बल्ल ल्याउने तयारी भइरहेको छ । तर, उक्त कार्यको लागि ठूलो भ्रष्टाचारको खेल भएको बताइएको छ ।
भारतको इइएसएल (इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड) नामक सरकारी स्वामित्वको कम्पनीसँग विना टेण्डर दुई अर्व रुपियाँ भन्दा बढिको एलइडी बल्ब किन्ने तयारी भइरहेको छ । लिमिटेडसँग उक्त बल्बको मूल्य ६५ भारु (करबाहेक)मा तय भएको छ । बल्बको वास्तविक मूल्य ३८ रुपियाँ भएको अाधिकारिक साइटमा राखिएको छ ।
प्राधिकरणले अहिलेकै सम्झौताअनुसार बल्ब खरिद गरे प्रतिगोटाबाट २७ भारु सोझै घोटाला हुने भएको हो । जसको कुल ५४ करोड भारु अर्थात ८७ करोड नेपाली रुपियाँ भ्रष्टाचार हुने देखिन्छ । यसवाहेक कमिसनवापत अाउने १० प्रतिशत छुट्टै छ ।
लामो विवादपछि मन्त्रिपरिषदको गएको बिहीबारको बैठकले भारतीय कम्पनी इइएसएलसँग एलइडी बल्ब किन्न सैद्धान्तिक स्वीकृति दिएको हो । यसको मुख्य सचिव डा. सोमलाल सुवेदीले विरोध गर्दै अाएका थिए ।
-अन्लाईनडबली बाट




